• Anamnagar -29, Kathmandu, 44600, Nepal

About Mijar Law Associates

Welcome to Mijar Law Associates Your Trusted Law Firm in Nepal At Mijar Law Associates, we understand that behind every legal matter there is a story, a family, a business, and a future that deserves protection. As one of Nepal’s leading law firms, we are committed to providing clear, effective, and reliable legal services tailored to the unique needs of our clients. Whether you are fa...

Contact Info

Follow Us

वारिस र वारिसनामाबारे सम्पूर्ण जानकारी : कानुनी व्यवस्था नेपालमा

Home Blog वारिस र वारिसनामाबारे सम्पूर्ण जानकारी : कानुनी व्यवस्था नेपालमा
वारिस र वारिसनामाबारे सम्पूर्ण जानकारी : कानुनी व्यवस्था नेपालमा

वारिस

१. वारिस भनेको के हो ?

मुदा मामिलामा हाजिर हुनुपर्ने व्यक्ति (वादी वा प्रतिवादी ) ले आफ्नो सट्टाप्रति प्रतिनिधित्व गर्न नियुक्त गरेको प्रतिनिधिलाई कानुनमा वारिस भनिन्छ । यस सम्बन्धि व्यवस्था मुलुकी देवानी (संहिता) २०७४ , को परिच्छेद १३ मा र मुलुकी फौजदारी कार्यविधि (संहिता ) ,२०७४ को परिच्छेद ९ मा व्यवस्था गरिएको छ ।

२. वारिसनामा भनेको के हो ?

वारिसलाई नियुक्ति गर्ने कागज लाई वारिसनामा भनिन्छ।

३ .वारिस कति किसिमका हुन्छन ?

वारिस दुई किसिमका हुन्छन , र ति हुन् :-

  • साधारण वारिस
  • अधिकृत वारिस

अधिकृत वारिस ३ प्रकारको हुन्छन :-

  • मुदा किटान गरि दिएको अधिकृत वारिस
  • मुदा किटान नगरी दिएको अधिकृत वारिस
  • अचल सम्पति बिक्रि गर्न दिएको अधिकृत वारिस

४ .साधारण वारिस भनेको के हो ?

वारिस दिन हुने मुदामा कुनै व्यक्तिले चाहेको जुनसुकै मानिसलाई आफ्नो तर्फबाट तत्काल चलेको मुदामा प्रतिवाद गर्न, तारेख बुझ्न र त्यससम्बन्धी कानुनी कारबाही गर्न सक्ने गरि वारिसनामा लेखिएकोलाई साधारण वारिस भनिन्छ।

तर साधारण वारिसनामामा वारिसले यदि मिलापत्र गर्नु परेमा मुख्य व्यक्तिको मन्जुरी लिनुपर्छ ।

यसमा वारिस संग सिमित अधिकार मात्र हुन्छ ।

यो वारिसानामामा मुद्दाको पक्षले चाहेमा आफुले दिएको अख्तियारनामा जुनसुकै बेला बदर गरि अर्को वारिस नियुक्त गर्न सक्छ वा निवेदन दिएर  आफै मुदा सकार गर्न सक्नेछ ।

५ .अधिकृत वारिस भन्नाले के बुझिन्छ ?

 मुदा किटान गरि दिएको अधिकृत वारिस

कसैले आफ्नो तर्फबाट कुनै मुद्दा किटानी गरि वा मुदा तोकेर फिराद गर्न, प्रतिउत्तर पत्र दर्ता गर्न, फिराद दाबि फिर्ता गर्न, मिलापत्र गर्न, वा कानुनी काम कारबाहीका लागि वारेसनामाको कागज लेखेकोलाई मुदा किटान गरि दिएको अधिकृत वारिस  भनिन्छ ।

मुदा किटान नगरी दिएको अधिकृत वारिस

मुदा किटान नगरी वा मुद्दा नतोकी सामान्यरुपमा अधिकृत वारिस नियुत गर्न नेपालभित्र भए कुनै जिल्ला अदालतको न्यायाधिश र नेपाल बाहिर भए कुनै नेपाली राजदुत वा महा वाणीजयदुतको रोहोबरमा वारिस नियुक्ति गर्न्र व्यक्तिले वारिसनामा सहिछाप गरेको लेखित कागजलाई मुद्दा किटान नगरी दिएको अधिकृत दिएको अधिकृत वारिस भनिन्छ ।

अचल सम्पति बिक्रि गर्न दिएको अधिकृत वारिस

अचल सम्पति किटानी गरि बिक्रि बितरण वा सट्टा पट्टा गर्न वा बकस पत्र गर्न वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्न वा रजिस्ट्रेसन गर्न परेमा कार्यालयमा उपस्थित हुन नसक्ने मनासिब वा उचित कारण खुलाई अख्तियारनामा द्वारा सो काम गराउन लिखित कागज गरेकोलाई अचल सम्पतिको बिक्रि गर्न दिएको अधिकृत गर्न दिएको अधिकृत वारिस भनिन्छ ।

छ. वारिस सम्बनधमा कानुनी व्यवस्था के के  छन् ?

मुलुकी देवानी कार्यविधि संहिता ,२०७४, को दफा १४४ बमोजिम वारिस नियुक्ति गर्न सकिन्छ ।

मुलुकी देवानी कार्यविधि संहिता ,२०७४, को परिच्छेद १३ को दफा १४४ देखि १५५ सम्म मुदा सम्बन्धि प्रतिनिधित्व गर्ने बारे उल्लेख गरिएको छ ।

फौजदारी कार्यविधि संहिता ,२०७४ को परिच्छेद ९ को दफा ८९ देखि ९५ सम्म वारेस सम्बन्धि व्यवस्था गरिएको छ। 

अख्तियारनामा को ढाचा  देवानी कार्यविधि संहिता को अनुसूची १२ मा छ ।

७.वारिस कस्ता व्यक्ति हुन सक्छन ?

वारिस हुने व्यक्तिको योग्यताकानुन बमोजिम करार गर्न योग्य भएको ,को बारेमा देवानी कार्यविधि संहिता, २०७४ को दफा १४५ बमोजिम हुने उल्लेख छ । जस्तै :-

  • कानुन बमोजिम करार गर्न योग्य भएको ,
  • फैसला बमोजिम सरकारी विगो, फैसला कार्यन्वयन गरे वापत अदालतलाई तेर्नु पर्ने कुनै दस्तुर, अदालती शुल्क वा कुनै दण्ड वा जरिवाना टेर्न बाकि नरहेको,
  • किर्ते जालसाजी वा भ्रस्टाचार वा नैतिक पतन देखीने कसुरमा सजाय नापाएको ।

८.अधिकृत वारिसनामामा अदालतमा आवश्यक पर्ने कागजात के-के हुन्?

अदालतमा आवश्यक पर्ने कागजात यस प्रकार छन् :- नाम, थर, लिंग, उमेर, ठेगाना, नागरिकता नम्बर र जारी भएको मिति र जिल्ला, आमाबाबुको नाम, बज्यैबाजेको नाम, अधिकृत वारिसनामा दिने विषय र बेहोरा पुष्टि गर्ने प्रमाण कागज जस्तैः  अधिकृत वारिसनामा (अ.वा.) लिने-दिनेको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रमाणित प्रतिलिपि, सम्बन्धित जग्गाको कर तिरेको निस्साको प्रमाणित प्रतिलिपि र अधिकृत वारिसनामा दिने र लिने हुनेको हालैको फोटो चार/चार प्रति फोटो आवश्यक पर्छ । 

निवेदनसँगै कानुनले तोकेको ढाँचाबमोजिम निवेदनमा उल्लेख भएका विवरण खुलेको  वारिसनामा दुई प्रति सक्कल बनाई किनारामा दुई जना साक्षी राखी अधिवक्ताबाट प्रमाणित गराई निवेदनसाथ आफ्नो बसोवास रहेका जिल्ला अदालतमा पेश गर्नुपर्छ । अदालतमा दिने र लिने दुवै पक्ष उपस्थित हुनुपर्छ ।

यसरी निवेदन प्राप्त भएपछि सम्बन्धित जिल्ला अदालतले कार्यविधि पूरा गरी दर्ता गराएर इजलास समक्ष पेश गर्छ । न्यायाधीशले दुवै पक्षलाई रोहबरमा राखी यसको मतलब र परिणामसमेत बुझाई दुई प्रति सक्कल प्रमाणित गराई एक प्रति अदालतमा राखी एक प्रति सम्बन्धित पक्षलाई दिएर पठाउँछन् । 

यस्तो वारिसनामा प्रमाणित गरेबापत अदालतले आ–आफ्नो नियमअनुसार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म राजस्व लिने गर्छन् ।

९. राजदूतावासमा आवश्यक पर्ने कागजात के के हुन् ?

राजदूतावासमार्फत अधिकृत वारिसनामा प्रमाणित गर्न निम्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छः  

अधिवक्ताले सम्बन्धित कागजात तयार गरी लिने पक्षको फोटो टाँसी, जग्गाधनी पुर्जा, लिनेदिनेको नागरिकता, तिरो  तिरेको रसिदलगायत कागजात नोटरी गरी, वारिसनामा र निवेदन प्रमाणित गरी कुरिअर वा अन्य कुनै माध्यमबाट सम्बन्धित व्यक्तिकहाँ पठाउँछन् ।

यसरी पठाइएका कागजपत्र सम्बन्धित व्यक्तिले प्राप्त गरेपछि सहीछापको लागि राजदूतसमक्ष लगी पेश गर्छन् ।

त्यसको लागि पूरा गर्नुपर्ने प्रक्रिया निम्न छन्ः

  • अधिकृत वारिसनामा दिने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने, मुलकी देवानी कार्यविधि ऐन, २०७४ मा उल्लेख भएबमोजिमको अधिकृत वारिसनामा नेपाली कागजमा प्रिन्ट भएको, अधिवक्ताद्वारा तयार गरी प्रमाणित गरिएको हुनुपर्ने, तयार भएको अधिकृत वारिसनामा दुई प्रति सक्कल र राजदूतावासलाई सम्बोधन गरिएको निवेदन हुनुपर्ने, अधिकृत वारिसनामा दिनेको सक्कल नागरिकता प्रमाणपत्र प्रतिलिपि र अधिकृत वारिसनामा लिनेको नागरिकता नोटरी पब्लिकबाट प्रमाणित नागरिकता प्रमाणपत्र हुनुपर्ने । त्यस्तै, अधिकृत वारिसनामा दिनेको नेपाली राहदानी र भिसाको सक्कल र फोटोकपी संलग्न गर्नुपर्ने व्यवस्था छ ।
  • यदि कुनै व्यक्तिले विदेशी नागरिकता वा राहदानी लिएको भए पूर्व नेपाली नागरिकको हकमा गैरआवासीय परिचय पत्रको सक्कल र प्रतिलिपि संलग्न गर्नुपर्नेछ । त्यस्तै, चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको सक्कल वा नोटरी पब्लिकबाट प्रमाणित प्रति, घर र जग्गाधनी प्रमाणपत्रको सक्कल र नोटरी पब्लिकबाट प्रमाणित प्रति संलग्न गर्नुपर्छ । 
  • अधिकृत वारिसनामा दिने र लिने दुवैको हालै खिचिएको पासपोर्ट साइजको दुई- दुई प्रति फोटो र किनारा साक्षीमा सदर भनी उल्लेख भएमा दुवै जनाको नाम, ठेगाना र सही, सम्भव भएसम्म कम्तीमा एक जना साक्षी दूतावासमा उपस्थित गराउनुपर्छ । 
  • अधिकृत वारिसनामा प्रमाणित गर्न सम्बन्धित राजदूतावासले नियमानुसारको शुल्क लिने गर्छन् ।

१०.कस्तो स्थितिमा अधिकृत वारिस को हैसियत समाप्त हुन्छ ?

कुनै निश्चित काम, प्रयोजन र समयावधि किटान गरी दिएको अधिकृत वारिस त्यस्तो काम र प्रयोजन वा अवधि समाप्त भएमा, खास घटना वा अवस्था पूरा भएमा, राष्ट्रियस्तरका दैनिक अखबारमा बदरको सूचना प्रकाशित गरेमा, काम हुनुभन्दा अघि नै वारिस दिने वा लिनेको मृत्यु भएमा, सम्बन्धित काम गर्नु नपर्ने अवस्था आएमा, वारिस हुने व्यक्ति वा निजको एकासगोलको व्यक्तिसँग अदालतमा मुद्दा परेमा वा निजले अनिच्छा प्रकट गरी सक्कल कागजसहित सम्पूर्ण कागजात फिर्ता गरेमा अधिकृत वारिसको हैसियत समाप्त हुनेछ ।

Disclaimer: This article is intended solely for informational purposes and should not be interpreted as legal advice, advertisement, solicitation, or personal communication from the firm or its members. Neither the firm nor its members assume any responsibility for actions taken based on the information contained herein.